नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश ख को सभापतिमा बिमल ठकुरीको उम्मेद्वारी घोषणा
कपन अनलाइन
काठमाडौँ, कात्तिक ११ । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश ख को सभापतिमा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका बिमल ठकुरीले उम्मेद्वारी दिने घोषणा गरेका छन ।नेपाली कांग्रेसको आसन्न १४ औँ अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नारालाइ आत्मसात गर्दै बुधबार गोकर्णेश्वरको एक पार्टी प्यालेसमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एबम पुर्व मन्त्रि अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ठकुरीले नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश ख को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
उनले आउदै गरेका दिपावली नेपाल संवत, छठ लगायत चाड पर्वहरुको शुभकामना ब्यक्त गर्दै क्षेत्र नं ३ मा सबै दिदीबहिनी तथा दाजुभाइहरु संग भावानात्मक सम्बन्ध राखेर अघि बढ्ने बताएका थिए । उनले आफु कसैको आर्थिक प्रलोभनमा नफसेको बताउदै निष्ठाको राजनीति गर्ने र त्यो निष्ठालाइ सधै भरि कायम राखी ३ नं क्षेत्रका जनताको निरन्तर सेवाको लागि खटिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनले सो क्षेत्रका जनताले जनमत दिएर पठाएको दश हजार ८ सय १९ मतको सम्मानको लागि पनि आफुले उम्मेद्वारी दिन लागेको जानकारी गराएका थिए । उनले आफुमा केहि कमि कमजोरी भए त्यसलाई जनताले दिएको सुझाब सल्लाहको आधारमा आगामी दिनमा सच्याउदै निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाएका थिए ।
कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै ठकुरीले १४ औँ केन्द्रिय महाधिवेशनको तयारीमा लाग्दै गर्दा वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी रहेको बताउदै जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहने हुँदा अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व रहेको हुँदा आफुले उम्मेदवारी प्रस्तुत गरेको बताए ।जन्मजात चारतारे झण्डामुनि गोलबद्ध ठकुरी क्षेत्रलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको दोहोर्याउदै सहयोग गर्न सबैलाई अनुरोध गरेका छन ।