बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिईन राजिनामा
कपन अनलाइन
हेटौडा,कात्तिक १०। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।
एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्।
फोटो : सामाजिक संजाल
तपाइँको प्रतिक्रिया ।