गोकर्णेश्वर नगरपालिकाको अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,कात्तिक ८ ।   गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारि गरेको उक्त सुचनामा कोरोना भाइरसको जोखिम न्यूनीकरण गरि स्वास्थ्य समाज निर्माण गर्नु सबैको कर्तब्य भएको उल्लेख गर्दै आम नगरबासीको सेवा सुबिधाहरुलाई मध्यनजर गर्दै नगरपालिकको बिशेष पहलमा अधिकाधिक नगरबासीहरुले कोरोना बिरुद्दको खोप सेवा प्राप्त गरिसकेको सबैलाई जानकारी रहेको भन्दै कोभिड बिरुद्दको अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाईसकेकाहरुलाई  दोस्रो मात्रा २०७८  साल कात्तिक ९  गते देखि  २०७८ साल कात्तिक ११ गते सम्म बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म निम्न स्थान बाट लगाइने भएको हुँदा उक्त स्थानमा कोरोना भाइरस बिरुद्दको अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोप सेवा लिन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

स्थानहरु:

१) श्री गोकर्ण प्राथमिक अस्पताल गोकर्णेश्वर ४ गोकर्ण

२)श्री शहरी स्वास्थ्य केन्द्र जोरपाटी गोकर्णेश्वर ५

३) श्री गोकर्णेश्वर नगरपालिका वडा नं ६ को वडा कार्यालय

४ )श्री जोरपाटी स्वास्थ्य चौकी गोकर्णेश्वर ९ आरुबारी काठमाडौं

तपाइँको प्रतिक्रिया ।