गोकर्णेश्वर नगरपालिकामा कर्मकाण्ड प्रशिक्षण शुरु
कपन अनलाइन
काठमाडौँ,कात्तिक ७ । गोकर्णेश्वर नगरपालिका धार्मिक समिति द्वारा आयोजित पन्च दिवसीय बैदिक कर्मकाण्ड प्रशिक्षण आज बाट शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सभाहलमा शुरु भएको उक्त कार्यक्रमको नगर प्रमुख सन्तोष चालिसेले प्रशिक्षण सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षत्री, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका सचिब केदार बहादुर सुवेदीले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका अध्यक्ष दिवाकर भण्डारीले गरेका थिए । कार्यक्रममा धार्मिक समितिका कोषाध्यक्ष कुल प्रसाद पुडासैनीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।
सैद्धान्तिकका साथै व्यावहारिक एवं प्रयोगात्मक कक्षा समाप्त भएपछि समितिले प्रमाणपत्रसमेत दिने जानकारी गराएका थिए । कार्यक्रममा करिब ५० जना प्रशिक्षार्थीहरु रहेका छन ।कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षत्री, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल लगायतले कर्मकाण्ड पेशामा एकरुपता र दक्षता हासिल गराउने उद्देश्य सहित आयोजित प्रशिक्षण कार्यक्रम सफलता को शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै राज्यले महसुस गर्न नसकेको सबै भन्दा ठुलो आधार धर्म सस्कृति परम्परा आफ्नो पहिचानलाइ संरक्षण गर्ने उदेश्य सहित कार्यक्रम ल्याएको बताए। कर्मकाण्ड पेशामा एकरुपता र दक्षता हासिल गराउने उद्देश्ले तालिम कार्यक्रमको आयोजना गरिएको जानकारी गराए कर्मकाण्ड तालिमलाई संस्कारगत प्रशिक्षणको रुपमा लिनुपर्नेमा जोड दिदै जबसम्म आफुलाई संस्कारी बनाउन सकिदैन तबसम्म समाज र परिवारलाई संस्कारयुक्त बनाउन नसकिने भन्दै वैदिक सनातन धर्म संरक्षणका लागि सवैलाई संस्कारमा आवद्ध गराउनु पर्ने र त्यसका लागि यो तालिम कोशेढुङ्गा सावित हुने बताएका थिए । धर्म संस्कार संबैले सिक्नुपर्ने बिषय भएको बताए । संस्कार नहुदाँ देशमा विभिन्न बेतिथिहरु देखा परेको उनको भनाई रहेको थियो ।
उनले कर्मकाण्ड गर्नेहरुलाई दक्ष बनाउन समेत उक्त प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गरे। उनले स्कृत भाषाको पढाई सञ्चालन हुँदै आए पनि द्धन्द्धकालको समयदेखि भने उक्त भाषाको पठनपाठन बन्द भएको जानकारी दिदै नगरपालिकाले गोकर्णेश्वर ४ को गुरुकुल जहाँ संस्कृत पढाइ हुन्छ त्यहा पनि सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए । नगरपालिकाले नगर भित्रका कला सस्कृति धर्म परम्परारितिरिवाज समेटिएको स्थानीय पाठ्यपुस्तक समेत कक्षा ८ सम्म लागु गरेको जानकारी गराएका थिए ।