गोमा एयरको दोस्रो नयाँ जहाज काठमाडौँमा
काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले १८ सिट क्षमताको नयाँ विमान भित्र्याएको छ ।
चेक गणतन्त्रबाट ल्याइएको उक्त विमान गोमा एयरका क्याप्टेन आङ्दोर्जी शेर्पा र विमान उत्पादक कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेजरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराए ।
नागरिक उड्डयनसम्बन्धी प्रावधान पूरा गर्नेबित्तिकै उक्त नयाँ विमानबाट व्यावसायिक उडान गरिने कम्पनीले जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।