Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/247713426_1009062316618670_6638487412528171832_n-1024x735.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आरुबारी डाँडागाउ टोल सुधार समिति गोकर्णेश्वर- ८ ले देउसी भैलो कार्यक्रम आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं कात्तिक ६ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको आरुबारी डाँडागाउ टोल सुधार समितिले स्वागत गेट निर्माण, स्मारिका प्रकाशन  तथा कार्यलय व्यवस्थापन सहयोगार्थ देउसी भैलो कार्यक्रम गर्ने भएको छ । २०७८ साल कार्तिक १९ गते शुक्रबार बिहान १० बजे देखि डांडागाउ आरुबारी क्षेत्रमा नेपाली संस्कार र संस्कृति बचाउनको लागि परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो खेल्न लागिएको आरुबारी डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले कपन अनलाइनलाइ जानकारी गराए   ।

नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गर्न टेवा पुग्नुको साथै देउसी भैलो बाट संकलित रकम स्वागत गेट निर्माण, स्मारिका प्रकाशन  तथा कार्यलय व्यवस्थापनमा लगाइने पनि उनले जानकारी गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।