गम्भीर घाइते बुढानिलकण्ठ नगरपालिकाका चालक धुर्व बहादुर आचार्यलाई सहयोगको अपिल !
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ५।
कार्तिक १ गते घरको छतबाट खसेर गम्भीर घाइते बनेका बुढानिलकण्ठ नगरपालिकाका चालक धुर्व बहादुर आचार्यको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको छ।
अचानक घरको छतबाट खस्न गई दुर्घटनामा परेका आचार्यको दिर्घायू अस्पताल चाबहिलको आईसियूमा उपचाररत भैरहेको छ।
करिव ७ वर्ष देखि सवारी चालकको रुपमा कार्यरत उनको आर्थिक स्थितिलाई मध्यनजर गर्दै औषधी उपचार र स्वास्थ्य सुधारको लागि सहयोग गर्न जनप्रतिनिधि,नगरपालिका कर्मचारी तथा सम्पुर्ण नगरवासीमा अपिल गरिएको छ ।
सहयोगको लागि सम्पर्क व्यक्ति
१. सविन थापा : ९८४१९५१९७२
२. सुवास बस्नेत : ९८४४२४६४३९
३. भवानी श्रेष्ठ : ९८४९२४४८८८
तपाइँको प्रतिक्रिया ।