बाटो विराएकाहरुलाई समेट्ने नेकपा एमाले काठमाण्डौ-७ को प्राथमिकता हुनेछ : दिपेन्द्र पुडासैनी
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ५।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले कार्तिक ६ गते पछी बन्ने वडा कमिटीले संगठनलाई बैचारिक र राजनीतिक रुपमा शशक्त बनाउने बताएका छन।
उनले वडाका विभिन्न क्षेत्रमा टोल कमिटी गठन गर्दै आक्रामक सदस्यता विस्तारको योजना रहेको बताउदै नेकपा एमालेले वडा नं ७ मा पार्टी विभाजनको समयमा बाटो बिराएकाहरुलाई समेट्ने विशेष योजना रहेको धारणा राखेका छन।
कार्तिक ६ गते हुने वडा अधिवेसन पश्चात बन्ने नयाँ कमिटीले वडा नं ७ मा संगठन निर्माण र विकास निर्माणको क्षेत्रमा विशेष योजना बनाएर लागु गर्ने बताउदै अध्यक्ष पुडासैनीले जनसंगठन निर्माणलाई प्राथमिकतामा राख्ने योजना रहेको जानकारी दिएका छन।
नेतृत्वलाई प्रभाबकारी बनाउन या बिकास गराउन नेतृत्व कला, ब्यबस्थापन प्रक्रियाका बारेमा जानकारी दिने कार्यक्रमका साथै नेतृत्व विकासका लागि उद्घोषण कला तालिम संचालन गर्ने योजना रहेको बताउदै उनले राजनीतिलाई पेशा हैन जनताप्रति उत्तर्दायी सेवा हो भन्ने मुल मान्यतामा रहि अघि बढ्ने धारणा राखेका छन।
तपाइँको प्रतिक्रिया ।