पार्टी नीति ,विचार प्रति प्रतिवद्ध र जनताको सेवामा निष्ठावान कमिटी बनाउने छौ : बिनोद थापा
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौं महानगर वडा नं १४ पार्टी कमिटीका अध्यक्ष बिनोद थापाले वडा अधिवेशनपछि प्रशिक्षण , रचनात्मक कार्यक्रम र संगठन विस्तारको माध्यामले पार्टीलाई थप उचाईमा पुर्याउने उद्घोष गरेका छन् ।
विगतको स्थानीय , प्रदेश र संघीय निर्वाचनमा वडा स्तरीय चुनावी मोर्चाको अग्र भागको नेतृत्व गर्दै पार्टीलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थापा ले वडा अधिवेशनपछि योजनावद्द र व्यवस्थित ढंगले टोल – टोलसम्म पार्टी कमिटीहरु गठन गर्दै जनताका समस्याहरु लिपिवद्द गर्दै स्थानीय सरकार मार्फत सम्बोधन गराउने र जनप्रतिनिधिहरुले गरेका कामहरुबारे समेत सुसुचित गराउने बताएका छन् ।
पार्टीको मुख्य काम आगामी निर्वाचन केन्द्रित हुने बताउँदै नगरपालिका भित्रको सबैभन्दा बढी घरपरिवार र जनघनत्व भएको हुनाले यस वडामा हुने पार्टी काम र गतिविधिले सिङ्गो नगरपालिकालाई प्रभावित बनाउने भएकोले पार्टी अध्यक्षको हैसियतले सबै किसिमको भूमिका निर्वाह गर्ने समेत जनाएका छन् ।
नगरपालिका वडा नं १४ का अध्यक्ष थापाले वडा अधिवेसन आउने कमिटीलाई नेता हैन कार्यकर्ता र जनतामुखी बनाउने बताएका छन। कार्तिक ६ गते हुने वडा अधिवेसनको तयारी अन्तिम चरणमा रहेको जानकरी दिदै थापाले बलियो र एकतावद्ध एमाले निर्माण गर्नु नै पहिलो दायित्व र चुनौती रहेको धारणा राखेका छन।
अवको वडा नं १४ कमिटी पार्टी नीति र विचार प्रति प्रतिवद्ध र जनताको सेवामा निष्ठावान हुने बताउदै उनले कार्तिक ६ गते भोलि ने क पा एमाले केन्द्रीय कार्यलय मदन नगर बल्खुमा १० बजे शुरु हुने अधिवेसनमा सहभागी हुनका लागि सबैमा अनुरोध समेत गरेका छन।