दस हाइकु : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,असोज १६।
१.
जित्नै नसक्ने
विश्वकै किर्तीमान
मनकाे बेग
२.
आउने रैछ
मनकाचाहनामा
दुःख र सुख
३.
दुःखकाे दह
लगाम छैनभने
मनकाे घाेडा
४.
मनका मात्रै
रहरले दाैडेर
पर पुगिन्न
५.
जीवन फूल
मनमै फूल्ने रैछ
कर्मकाे भ्रुण
६.
वैलाउदाे छ
कर्मका अभावमा
मनका फूल
७.
उसैले जित्यो
मनफूलका खेती
कर्मले गाेड्दा
८.
याममा भन्दा
मनमा फुल्नुपर्छ
वसन्त पनि
९.
जीवन डुब्छ
जब मनमा फुल्छ
अँध्यारो फूल
१०.
काेपिला छैन
मनकाे बगैंचामा
वसन्त रुन्छ
तपाइँको प्रतिक्रिया ।