बेलायतमा गोर्खालीकी छोरीको कमाल

बेलायतमा गोर्खालीकी छोरीको कमाल

लण्डन । पूर्व गोरखा सैनिक सुवास जवेगूकी छोरी लानुमा जवेगू बेलायतकाे राष्ट्रिय च्याम्पियनसीपका लागि छनोट भएकी छन् ।

 

बेलायतमा जन्मे हुर्केकी १४ वर्षीया लानुमा गत सोमबार युकेको लुटनमा आयोजित पूर्वी काउन्टीहरुको एक्रोब्याटिक जिम्नाष्टिक प्रतियोगितामा उत्कृष्ट भएकी हुन् ।

lanuma-jabegu-2

बेलायतको बेडफोर्डसियरमा बसोबास गर्ने लानुमाले आगामी मे १६ र १७ मा स्ट्रोक अन ट्रेण्टमा हुने एनडीए (नेशनल डेभलपमेण्ट प्लान) फाइनलमा बेलायतको पूर्वी काउन्टीहरुको प्रतिनिधित्व गर्दैछिन् ।

प्रतियोगितामा बेलायतका इष्ट, इष्ट मिडल्याण्डस्, लण्डन, नर्थ, नर्थ वेष्ट, साउथ, साउथ इष्ट, साउथ वेष्ट, वेष्ट मिडल्याण्डस्, योर्कसियर गरी १० तथा स्कटल्याण्ड, वेल्स, नर्देन आयरल्याण्ड र आइल अफ म्यान गरी चार अन्य क्षेत्रबाट प्रतिस्पर्धीहरु आउने जनाएको छ ।

करिब ६ वर्षको उमेरदेखि नै लानुमाले जिम्नाष्टिक खेलमा रुची राख्दै आएकी थिइन् । अहिले हप्ताको चार दिन जिम्नाष्टिकमै बिताउने जीसीएसईकी विद्यार्थी लानुमाले आइतबार, मंगलबार, विहीबार र शुक्रबार गरी साताको करिब साढे १० घण्टा तालिममा बिताउने गरेको उनको बाबु सुभाष जवेगूले बताए ।lanuma-jabegu

११ देखि १४ वर्ष उमेर समूहबाट खेल्ने लानुमा स्थानीय ट्रष्ट नामक क्लवमा आवद्ध छिन् । लानुमाले अहिलेसम्ममा स्थानीयस्तरमा धेरै प्रतिस्पर्धाहरु जितिसकेकी छिन् ।

यसैवर्ष इटलीमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उनले काँस्य पदक जितेकी थिइन् । गतवर्ष भने उनले राष्ट्रिय च्याम्पियनसीप प्रवेश गर्न असफल भएकी थिइन् । यसपटक राम्रो ‘पार्टनर’ परेकाले ‘नेशनल च्याम्पियन’ हुनेमा उनी आशावादी देखिएकी छिन् ।

जून जस्तै उज्यालो ठानेर बाबुआमाले लिम्बु भाषामा उनको नाम लानुमा राखि दिएका हुन् । पाँचथरको याङनाममा जन्मेका सुवास सन् २००२ मा बेलायती सेनाबाट अवकास पाएका थिए । त्यसको चार वर्षपछि सन् २००६ मा उनी बसोबासका लागि युके आएका हुन् । उनी यूकेमै बस्न थालेपछि लानुमाको जन्म भएको हो ।

 

युवावस्थामा फुटबल, बास्केटबल, पौडी खेल्ने तथा अन्य खेलहरुमा रुची राख्ने सुभास लिम्बुहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ युकेको निवर्तमान अध्यक्ष समेत हुन् ।

स्रोत – बेलायतको न्यूज साइट वी नेपाली

 

तपाइँको प्रतिक्रिया ।