एसएलसी आएपछि लोडसेडिङ पनि डरायो…

काठमाडौ, ३० फागुन : चैत ५ गतेबाट सुरू हुने प्रवेशिका परिक्षा(एसएलसी)ले धेरै विद्यार्थीको निन्द्रा नै उडाएको छ । अहिले परिक्षा नजिकिएसँगै एसएसलीको तयारी गरिरहेका विद्यार्थीहरूको ढुकढुकी बढ्दै गएका बेला लोडसेडिङको समस्या झन् टाउको दुखाइको विषय भएको छ ।

loadsheding

यस्तोमा नेपाल विद्युत प्राधिकरणले लोडसडिङको समय घटाएर केही भएपनि विद्यार्थीहरूलाई राहत दिने भएको छ । प्राधिकरणले तालिकामा केही हेरफेर गरेको छ । सोमबारदेखी लागू हुनेगरी प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेको हो ।

उक्त नयाँ तालिका अनुसार अब लोडसेडिङ २ घण्टा कम हुनेछ । अब दैनिक ९ घन्टा लोडसेडिङ हुने छ । यस अघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको थियो । औद्योगिक क्षेत्रमा भने पहिलेकै तालिका लागु हुने प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।