२०५६ मा बनेको बाटो विवाद २०७८ मा बल्झिदा शंखरापुर-५ मा तनाव,वडा कार्यालय जलाउने चेतावनी !
कपन अनलाइन
काठमाण्डौ ,असोज १६।
२०५६ मा बनेको बाटो विवाद २०७८ मा बल्झिदा शंखरापुर-५ मा तनाव सृजना भएको छ। उक्त वडामा २०५६ शालमा निर्माण भएर विगत २२ वर्ष देखि स्थानीयहरुले प्रयोग गर्दै आएको सडक अहिले २०७८ मा आएर जग्गाधनीले आफ्नो जग्गा भनेर दावी गरेपछि वडा नं ५ मा निकै तनाव सृजना भएको छ।
सो वडाका करिव ६० घरधुरीले प्रयोग गर्दै आएको सडक एकाएक बन्द हुने हल्ला भएपछी निकै पिडित र आक्रोसित बनेका स्थानीयहरु सहित वडा अध्यक्ष शेर गम्भीर थापाले अहिले २०६८ मा जग्गा किन्ने धनीले आफ्नो हो भनि दावी गरेको बताएका छन।
असोज १० गते एकाएक एक समुह आएर वडा कार्यालयका कर्मचारीहरुलाई चार किल्ला प्रमाणित गर्नका लागि निकै दवाव दिएको वडा अध्यक्ष थापाले जानकारी दिएका छन।
त्यस्तै असोज ११ गते सो जग्गा २०६८ मा बेच्ने परशुराम न्यौपाने र जग्गा धनीका तर्फ बाट केहि ब्यक्ति विच छलफल हुँदा विवाद समाधान नभएको र असोज १२ गते केहि समुह आएर आफुलाई पहिला प्रलोभन दिएको र नमान्दा वडा कार्यालय समेत जलाउने धम्कि दिएको थापाले बताएका छन।
सो क्रममा निकै विवाद भएको उल्लेख गर्दै वडा अध्यक्ष थापाले आफु लामो समय देखि जनप्रतिनिधि रहेकोले सधै जनताको पक्षमा उभिने र कसै संग पनि नझुक्ने बताएका छन।
यस विषयको वास्तविकता नबुझेर २०५६ मै सम्बन्धित जग्गा धनीको सहमतिमा खनेको सडक अहिले हटाउन नमिल्ने भन्दै वडा अध्यक्ष थापाले एक बिज्ञप्ति जारी गर्दै यस्तो गम्भीर विषयको गम्भीरता नबुझी केहि संचार माध्यमले एक तर्फी रुपमा समाचार सम्प्रेसन गरेकोमा डु:ख व्यक्त गरेका छन।
हेर्नुहोस बिज्ञप्ति :