कन्हैया कुमारले कम्युनिस्ट आन्दोलन छाडे

कपन अनलाइन

काठमाण्डौ  ,असोज १३।

भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन् । मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कांग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए । कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए ।

कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र अल इन्डिया स्टुडेन्टस् फेडेरेसनका राष्ट्रिय नेता थिए । पछिल्लो समय उनी कम्युनिष्ट पार्टी अफ इन्डियामा आवद्ध थिए ।

कन्हैया कुमारले सन् २०१९ को लोक सभा चुनाव बेगुसाराईबाट लडेका थिए। त्यहाँ उनलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पराजित गरेका थिए ।

उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए ।

तपाइँको प्रतिक्रिया ।