रास्ट्रिय युवा संघका ५ नेताद्वारा सामूहिक राजीनामा

कपन अनलाइन

काठमाण्डौ,असोज १३।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ नेताले पदबाट राजीनामाको घोषणा गरेका छन् । राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेश राज गिरि, नरेश साह तुरहा, निवेश कुमार, केन्द्रीय सदस्यद्वय विरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।

उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाउँदै संगठनलाई यस्तो अवस्थामा कुनै किसिमको सहयोग गर्न नसकिने स्पष्ट गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।