ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,असोज १३।
ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो विराटनगर महानगरपालिका-७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।