सर्वसम्मतिका लागि म सबै जिम्मेवारी छोड्न तयार छु : होमनाथ तिमल्सिना (नवराज )

सर्वसम्मतिका लागि म सबै जिम्मेवारी छोड्न तयार छु : होमनाथ तिमल्सिना (नवराज )

कपन अनलाइन
काठमाडौं, भदौ ३१।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का इकाई सभापति होमनाथ तिमल्सिना ( नवराज ) ले इकाई र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएको खण्डमा आफुले सबै जिम्मेवारी छोड्न तयार रहेको बताएका छन।

आफु सधै नेपाली कांग्रेस वडा नं १२ मा एकता ,सघन सहकार्य र सबैको सक्रिय सहभागितामा समिती परिचालनको मान्यतामा रहेको भन्दै तिमल्सिनाले वडा नं १२ बाट १५ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेर सुखद सन्देस दिने तयारीमा रहेको बताउछन।

वडा नं १२ को कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिम सम्म प्रयास गर्ने र त्यसो भएमा आफु क्षेत्रीय प्रतिनिधिमा जाने तयारीमा रहेको बताउदै उनले इकाईमा यदि सहमति नभएमा सर्वसम्मतिका लागि दोहोरिन पनि सक्ने संकेत गरेका छन।

वडा नं १२ बाट चयन हुने क्षेत्रीय प्रतिनिधिमा खुल्ला तर्फ ६ जनाको स्थानमा आफु सातौ भएमा त्याग गरेर पनि सर्वसम्मत गर्ने बताउदै आएका इकाई सभापति तिमल्सिनाले विगतको स्थानीय तहको निर्वाचन परिणाम बाट पाठ सिकेर एकताको सन्देस दिनुपर्ने धारणा राखेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट खुल्ला- ६ ,खस आर्य- २, महिला -४ ,दलित -१ ,जनजाती -१ र अल्पशंख्यक -१ गरी १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन ।

 

तपाइँको प्रतिक्रिया ।