नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं २९ को ईकाइ सभापतिमा सन्तोष ढुंगेलले दाबी

नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं  २९ को ईकाइ सभापतिमा सन्तोष ढुंगेलले दाबी

कपन अनलाइन

काठमाडौं भाद्र ३१ ।नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं २९ को  ईकाइ सभापतिमा सन्तोष ढुंगेलले दाबी गरेका छन ।अनुशासन, आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै मेरो उम्मेदवारीको मुख्य आधार रहेको बताउदै ढुंगेलले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं २९ को ईकाइ सभापतिमा दाबी गरेका हुन । विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय ढुंगेल नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रस्ट बुझिन्छ । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।

’ उनले अहिलेसम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास ब्यक्त गरेका छन । उनले आफू इकाई सभापति भएपछि पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीलाई देश विकास र सामाजिक कार्यमा सक्रिय गराउने, पार्टीप्रति आकर्षण ल्याउने लगायतका योजना बनाएको बताउछन।

कांग्रेसलाई मतदान गर्न जनता तयार छन् तर कांग्रेस एजेण्डाविहीन भयो भन्ने धेरैको गुनासो छ, विगतका कमजोरीलाई सच्याएर पार्टी अघि बढ्नुपर्छ’ उनले भने ‘कांग्रेस पुरानो र ऐतिहासिक पार्टी भएकाले जनाधार बलियो छ, यसलाई व्यवस्थितमात्र गरे पुग्छ ।’ झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले कांग्रेसको विकल्प अरु नभएको उनी बताउँछन् । उनले आफू इकाई सभापति भएपछि आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै पार्टीलाई जिताउने अडान लिनुको साथै युवापुस्ताको आवाज बोल्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने बताउदै आएका छन ।

आजको यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने हरेक समस्यामा जुध्न सक्ने प्रतिस्पर्धी पार्टीहरुसँग सबै विषयबाट मुकाबिला गर्नसक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यकर्ताहरूको माग रहेको भन्दै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।