कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को इकाई सभापतिमा अर्जुन सञ्जेलको दावी

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को इकाई सभापतिमा अर्जुन सञ्जेलको दावी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस क्षेत्र नं २ का युवा नेता एवम् नेविसंघ काठमाडौ जिल्ला उपाध्यक्ष अर्जुन सञ्जेलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को इकाई सभापति पदका लागि प्रभावशाली उम्मेदवारी घोषणा गरेका छन । १३ औं महाधिवेशनमा जिल्ला सदस्य तर्फ झिनो मतले पराजित सञ्जेलले यस पटक इकाई सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन।
स्थानीय तह सबल नहुँदा त्यसको प्रभाव सबै तर्फ पर्ने भएकाले आफु इकाई नेतृत्व लिन तयार भएर उम्मेदवारी घोषणा गरेको बताए ।
स्थानीय तहमा नेपाली काँग्रेसले युवाहरुको प्रतिनिधित्व गर्ने पनि नसकेको अग्रजहरुलाई पनि सम्मान दिन तयार नदेखिएका कारण यसको स्थायी समाधानको प्रयास गर्ने स्पष्ट खाका सहित काँग्रेसको सबलिकरणका लागि उम्मेदवारी रहेको उनले बताए ।
स्थानीय तहमा सक्रिय राजनीतिमा युवाहरुको प्रवेश र सोहि उर्जालाई काँग्रेसको संगठनमा समाहित गर्ने योजना सहित सञ्जेललेको उम्मेदवारी रहेको उनि निकट युवाहरुको भनाई रहेको छ ।
सत्तापक्षमा हुँदा कार्यक्रतालाई नचिन्ने प्रतिपक्षमा हुँदा जनता सम्म पुग्न नसक्ने काँग्रेस आजको आवश्यक्क्ता होइन । सत्ता होस वा प्रतिपक्ष जनताको मन जित्न सक्नेले मात्रै मत पाउने भन्दै आफु काँग्रेसको विचारधारको माध्यमबाट जनताको पक्षमा कर्म गर्ने प्रतिवद्दता समेत जनाएका छन ।
तपाइँको प्रतिक्रिया ।