गोकर्णेश्वर ९ मा आज २०८ जनाले कोरोना बिरुद्द अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाए
कपन अनलाइन
काठमाडौं, भाद्र २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा आज २०८ जनाले कोरोना बिरुद्दको अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका छन । जोरपाटी स्वास्थ्य चौकी ९ नं वडा कार्यलयमा बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा बसोबास गर्ने १८ बर्ष भन्दा माथिका उमेर समूहलाइ कोरोना बिरुद्दको अस्ट्राजेनिका खोपको पहिलो मात्रा आइतबार पनि लगाइएको थियो ।
यस अघि गोकर्णेश्वर नगरपालिका वडा नं ९ले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराएको थियो । खोप कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।