बागमती प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा माधब अर्याल नियुक्त
बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधब अर्याल नियुक्त गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका अर्याललाई आजको मन्त्रीपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला घर हुनु भएका अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नुहुने छ ।
यसैगरी बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराएकी छन ।
आयोगका उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेतलाई सपथग्रहण गराउनु भएको छ । यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराएकी हुन ।