विश्वास नेपालको नयाँ कार्यसमिति गठन
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २४।
रेष्टुरेण्टका श्रमिकको हक, हितका लागि कार्यरत संस्था विश्वास नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।
विश्वास नेपालको आइतवार राजधानीमा आयोजित सातौं अधिवेशन तथा १४ औं साधारणसभाले सर्वसम्मतीबाट नयाँ कार्यसमिति चयन गरेको हो ।
विश्वास नेपालको नयाँ कार्यसमितिको अध्यक्ष तारा भण्डारी, उपाध्यक्ष सवि शाह, सचिव बबिता थापामगर, कोषाध्यक्ष कान्छीमाया तामाङ, र सदस्यहरूमा सविना पन्थ, सुनिता तामाङ र रितु मगर चयन हुनुभएको हो ।
सो अवसरमा संस्थाको सल्लाहकारहरू बेनुमाया गुरूङ, विमल भेटवाल, उमा तामाङ, देवीप्रसादलगायत पाँचजना चयन हुनुभएको अध्यक्ष तारा भण्डारीले जानकारी दिनुभएको छ ।
तपाइँको प्रतिक्रिया ।