शक्ति समुहको कोभिड -१९ ले पार्न सक्ने प्रभाव र समाधान परियोजना शुरु
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
शक्ति समुहको कोभिड -१९ ले पार्न सक्ने प्रभाव र समाधान परियोजना शुरु भएको छ। शक्ति समुहको आयोजना र TDH नेपालको सहयोगमा ईलाम र झापा जिल्लामा संचालित अन्तर देशीय मानव बेचबिखन र कोभिड -१९ ले पार्न सक्ने प्रभाव र त्यसको समाधान नामक परियोजनाको सुरुवात गरिएको हो।
राष्ट्रिय मानब अधिकार आयोगकी सदस्य लिली थापाले उद्घाटन गरेको परियोजना शुरुवातको अध्यक्षता शक्ति समुहकी अध्यक्ष चरीमाया तामांगले गरेकी थिइन्।
शक्ति समुहको कार्यकारी निर्देशक बालकुमारी दर्लामीले प्रकाश पारेको कार्यक्रममा TDH नेपालका कन्ट्री डाइरेक्टर गोविन्द न्यौपानेले TDH को बारेमा जानकारी दिएका थिए ।
TDH का नर्बदा सोराली र शक्ति समुहको जानुका खतिवडाले परियोजनाको बारेमा जानकारी दिएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिसद्का कार्यकारी निर्देशक मिलन धरेल,प्रमुख, मानब बेचबिखन अनुसन्धानब्युरो प्रमुख दुर्गा थापा , TDH अन्तर्देसिय प्रमुखकीरा मर्हावा , क्रिष्टओफ़ेर होफ्मन् र अमेरिकी दुताबासको प्रतिनिधिले परियोजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।