महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न गगन थापाले काठमाण्डौ महानगरपालिका-३० नै किन रोजे ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५।

नेपाली कांग्रेसका नेता गगन थापाले काठमाण्डौ महानगरपालिका वडा नं ३० मा आयोजित एक कार्यक्रम बाट १४ औ महाधिवेसनमा महामन्त्रीमा लड्ने घोषणा गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित थापाले आफ्नो निवास रहेको वडा बाट महाधिवेसनमा आफ्नो दावीलाई औपचारिक रुपमा सार्वजनिक गरेका हुन।

बाल्यकाल देखि हरेक व्यक्तिगत,राजनीतिक र सामाजिक अनुभवहरु संगालेको स्थान सो घोषणा गर्नका लागि पवित्र रहेको भन्दै थापाले आफ्ना बडा र अग्रजहरू १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीमा लड्ने घोषणा गर्न पाउनु बीचमा बडो गौरवको कुरा रहेको बताएका थिए ।

२०६४ शालामा समानुपातिक , २०७० र २०७४ मा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भएका थापाले काठमाण्डौ -३० मा कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले साथ् र सहयोगका लागि आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।