फूल र पालुवाको मौसम शुरु हुँदै
कपन अनलाइन\२३ फाल्गुण, २०७१
रूखहरूमा फूल र पालुवा हाल्ने सिजन शुरू भयो । जाडो महिना सकिने वित्तिकै नेपालमा ऋतुहरूमा मनमोहक ऋतु बसन्त ऋतु आउँछ । बसन्त ऋतु संघारमा छ हाम्रो घर आगनमा । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । नेपाली महिनाहरूको २ महिना चैत्र र बैसाख बसन्त ऋतु भित्र पर्दछन् ।
तपाइँको प्रतिक्रिया ।