मौसम पूर्वानुमान : नदीनाला र खहरेमा पानीको सतह बढ्नसक्ने

मौसम पूर्वानुमान : नदीनाला र खहरेमा पानीको सतह बढ्नसक्ने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

देशभरका विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले नदीनाला र खहरेमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत सतर्क रहन सबैमा आग्रह गरेको हो।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध छ।

हाल देशभर सामान्यदेखी पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा न्यूनचापीय प्रणाली रहेको छ।

आज दिनभर गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।