कीर्तिपुर नगरपालिकाको सहकारी संस्थाहरुलाई सुरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गर्ने सम्बन्धि सार्वजनिक सुचना

कीर्तिपुर नगरपालिकाको सहकारी संस्थाहरुलाई सुरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गर्ने सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं,भाद्र १ । कीर्तिपुर नगरपालिकाले सहकारी संस्थाहरुलाई सुरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगरपालिकाले सहकारी र अन्य वित्तीय संस्थाहरुको मुख्य भिन्नता मात्र नभएर सहकारी क्षेत्रको मुख्य आकर्षणका रुपमा संरक्षित पूँजी फिर्ता कोष सम्बन्धि व्यवस्था भएको उल्लेख गरिएको छ।सहकारीको मूल्य र मान्यता तथा सहकारी नियमावली, २०७५को नियम २५ बमोजिम सबै सहकारी संस्थाहरुमा जम्मा भएका गत आर्थिक वर्षको कारोवारको संरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गर्ने आधारहरु निम्न बमोजिम तोकिएको र उक्त रकम चालु आर्थिक बर्ष भित्र वितरण गरि बाँकी रहेको रकम सोहि आर्थिक बर्षको अन्त्यमा जगेडा कोषमा सर्नु पर्ने स्पष्ट व्यवस्था गरेको हुँदा सोहि बमोजिम गर्न हुन सबै संस्थाहरुलाई सुचित गरिएको छ ।साथै कीर्तिपुर् नगरपालिका सहकारी ऐनको दफा ४८, सहकारी नियमावली,२०७५ को नियम २५ बमोजिम संरक्षित पूँजी कोष बाट सदस्यहरुलाई रकम वितरण गर्ने आधारहरु निम्न रहेको छ ।

 

१ उत्पादक संस्थालाई सदस्यले बिक्रि गरेको उपजको मूल्य ।

२ वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको ब्याज ।

३ उपभोक्ता सहकारी भए संस्थासंग सदस्यले खरिद गरेको सेवा वा बस्तुको मूल्य ।

४  श्रमिक सहकारी भए संस्था बाट प्राप्त गरेको ज्याला ।

५  बहुउदेश्यीय भए सबै आधार ।

६ तर भाखा नाघएको  ऋणको ब्याजलाई आधार नमान्ने, कोष  वितरण गर्न बचतका लागि ४० प्रतिशत र ऋणका लागि ६० प्रतिशत भारको गणना गरि  गर्ने ।

तपाइँको प्रतिक्रिया ।