भ्रस्टाचार जस्तो अपराधमा नेपाली कांग्रेस बुढानिलकण्ठ न प्रश्रय दिन्छ न निरिहिता नै देखाउछ : गणेश कोइराला
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १।
नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति गणेश कोइरालाले भ्रस्टाचार जस्तो अपराधमा प्रश्रय नदिने र यस्ता कुराको विरुद्धमा बोल्न निरिहिता पनि नदेखाउने बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा पछिल्लो समय देखिएको भ्रस्टाचार र अन्य गतिविधिमा नेपाली कांग्रेस बुढानिलकण्ठको मौनतालाई लिएर विभिन्न संचार माध्यममा प्रकासित समाचारहरु प्रति आपत्ति जनाउदै उनले नगरपालिकामा व्याप्त भ्रष्टाचार एवम् अनियमितताको सम्बन्धमा हिजोपनि यथोचित ध्यानाकर्षण गराएको बताएका छन।
भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको समाचारहरुले बुढानिलकण्ठ नगरपालिकाको यश र गरिमामा पारिरहेको क्षयिकरणलाई भन्दै कोइरालाले यस्ता कर्तुतको अनुसन्धान गरि दोषीलाई कानुनी कारवाही गर्न पनि माग गरेका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ सभापति कोइरालाको बिज्ञप्ति :
नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरसमितिलाई ईङ्गित गरि केही समययता विभिन्न अनलाईन पत्रपत्रिका/मिडियामा प्रकासित नगरपालिकामा भ्रष्टाचारजन्य कार्यमा आफ्नो मौनता साधेको भन्ने सन्दर्भमा यो धारणा समस्त नगरवासिमा पस्कन गईरहेका छौं।
नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगर कार्यसमिति सधैं यस बुढानिलकण्ठ नगरवासीको हित र अधिकारको खातिर अग्रमोर्चामा रहि देशको संविधान र प्रचलित कानुनको पालन र अनुसरणमा, साथै राज्य संचालित निकायहरु मार्फत स्वस्थ अनुसन्धान र कानुन अनुकुल कारवाहिका पक्षमा सदैव वकालत र अपेक्षा गर्दछ। संगसगैं भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको सदैव निन्दा र भत्र्सना गर्दछ, भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको न प्रश्रय दिन्छ न त यस्ता कार्यको विरोध गर्न आफ्नो निरीहतानै देखाउदँछ।
तथापि, चरण चरणमा नगरकार्यपालिकालाई आफ्नो तर्फबाट नगरपालिकामा व्याप्त भ्रष्टाचार एवम् अनियमितताको सम्बन्धमा हिजोपनि यथोचित ध्यानाकर्षण गर्दै आएको छ र भ्रष्टाचार एवम् अनियमितता सगं सम्बन्धित कार्यको सहि अनुगमन र अनुसन्धान साथसाथै दोषी ठहरिएका पधाधिकारी एवम् कर्मचारीमाथि कानुन बमोजिमको कडाभन्दा कडा कारवाहिको लागि जोडदार अपिल अनि माग गर्दछौं र भविष्यमा पनि गरिरहने प्रतिबद्धता सम्पूर्ण नगरवासिमा गर्दछौं।
मौलाउदो भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको समाचारहरु प्रेषित भईरँहदा त्यस्ता समाचार र कार्यहरु माथि आफ्नो अनि संस्थाको आधिकारिक धारणा बनाइरहदाँ त्यसता स्रोतहरु के कति आधिकारिक हुन् र कहि कतै समाजमा व्याप्त मिडियावाजि, यदाकदा देखिने व्यक्तिगत रिस रिसिवि अथवा बदला प्रेरित पो हो कि! भन्नेसम्मका समानान्तर अध्ययनपनि कर्तव्यमा पर्न आउँदछ।
यति हुदाहुदैपनि भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको समाचारहरुले बुढानिलकण्ठ नगरपालिकाको यश र गरिमामा पारिरहेको क्षयिकरणलाई नजरअन्दाज गर्दा यस्ता समाचारले निम्त्याएको बदनामिलाई नेपाली काङ्ग्रेस पार्टी बुढानिलकण्ठ नगरसमितिलले गम्भीरतापूर्वक लिएको छ।
शृंखलाबद्द तवरले समाजमा ससाना आर्थिक अपचलनका घटनाहरु जो सानातिना कर्मचारीलाई कहिले परिबन्धमा पारेर त कहिले झुठो अभियोग लगाई, त्यसता घटनालाई सन्सनिखेज गराएर, हुदै गरेका वा करोडौंका भ्रष्टाचारमा लक्षित अनुसन्धानबाट ध्यान अन्यत्र मोड्नुपरेमा यदाकदा राज्यनिकायबाट हुँदै आएको जगजाहेर नै छ।
न सहि सुचना न त सहि अनुसन्धान एवम् कारवाहि, खालि हामी काम गरिरहेकानै छौं त भन्ने देखाउनको खातिर प्रचारमा आउनेगरिकनभन्दा साच्चैका भ्रष्टाचारजन्य कार्य गर्ने अनि यस्ता कर्तुतको अनुसन्धान गरि दोषीलाई कानुनी कारवाही गराउन पनि हामी नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरसमिति यही विज्ञप्तिमार्फत सरोकारवाला राज्य संयन्त्रहरुलाई माग गर्दछ।