पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने एमाले महासचिव ईश्वर पोखरेलको प्रतिवदत्ता

पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने एमाले महासचिव ईश्वर पोखरेलको प्रतिवदत्ता

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

नेकपा  एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताएका हुन्  ।

शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा र तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारेका छन ।

उनले भने, ‘विधान अधिवेशन हुँदैछ। सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु । पाका पुस्ता पनि चाहिन्छ, अधबैंसे पुस्ता पनि चाहिन्छ। त्यतिले मात्रै पुग्दैन। युवा तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थिति हुुनुपर्छ। त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टीभित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरूलाई दबाब दिन पनि सुरू गर्न निर्देशन समेत दिएका छन  ।

उनले पार्टीका युवा, विद्यार्थीहरूलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।