समानान्तर गतिविधि प्रति नेकपा एमाले बुढानिलकण्ठ -११ का सचिवको आपत्ति,संचार मध्यमलाई चेतावनी

समानान्तर गतिविधि प्रति नेकपा एमाले बुढानिलकण्ठ -११ का सचिवको आपत्ति,संचार मध्यमलाई चेतावनी

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का सचिव अंगुर पौडेलले नगरपालिकामा नेकपा एमालेको नाममा भएका समानान्तर गतिविधि प्रति आपत्ति प्रकट गरेका छन।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले माधव नेपाल समुहले युवा संघ नगर कमिटी गठन गरेको समाचार विभिन्न संचार माध्यममा प्रकासित भए संगै आक्रामक बनेका पौडेलले एक पाखे समाचार नलेख्न संचार मध्यमलाई चेतावनी पनि दिएका छन।

आफ्नो सामाजिक संजालमा लेख्दै पौडेलले भनेका छन ,”बुढानिलकण्ठ न पा अन्तर्गत तथाकथित युवा सँघ गठन भन्ने समाचारमा बुनपा ११ को सहमति नरहेको र एकमना पाराले न्यूज कभर भएकोले बिना जानकारी समाचार प्रकाशित नगर्न आग्रह गर्दछु”।

नगरपालिकामा नेकपा एमालेको ब्यानरमा निरन्तर समानान्तर गतिवधि हुन् थाले पछी अहिले नेकपा एमाले बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरु आक्रामक देखिएका छन। हिजो बिहान  मात्र वडा नं १० को युवा भेलामा नगर प्रवक्ता तथा नगरका युवा इन्चार्ज नवराज भट्टराईले त्यस्ता गतिवधि स्वीकार्य नहुने बताएका थिए भने साँझ वडा नं ११ का सचिव पौडेलले आफ्नो धारणा सार्वजनिक गरेका थिए।

पौडेलले सामाजिक संजालमा पोस्ट गरेको सामाग्री :

 

बुढानिलकण्ठ नगरपालिकामा भएका समानान्तर गतिविधिहरु संचालन भैरहेको अवस्था प्रति लक्षित गर्दै वडा कमिटीका सचिव पौडेलले लेखेको पोस्टमा संचार मध्यमलाई नै आरोपित गरेर चेतावनी दिनु  पत्रकारिताको मर्म र धर्म नबुझेको मान्नुपर्ने  एक संचारकर्मीले टिप्पणी गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।