शंखरापुर नगरपालिकाले ज्येष्ठ नागरिकहरुको नि:शुल्क आँखाको शल्यक्रिया गरायो
कपन अनलाइन
काठमाडौँ, श्रावण २८ । शंखरापुर नगरपालिकाका १४ जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । नगरपालिकाले केहि समय अघि संचालन गरेको निशुल्क आँखा शिविर बाट शंखरापुर नगरपालिका वडा नं ५ पालुबारी र बिश्वम्भराका क्षेत्रका आँखाको शल्यक्रिया गर्नु पर्ने १४ जनाको बुधबार कीर्तिपुर आंखा अस्पताल बाट सफलता पुर्वक शल्यक्रिया गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराएका छन।
समय समयमा नगरपालिकाले नगरका विभिन्न स्थानमा स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ र उक्त शिविरबाट मोतियाबिन्दु भएकाको छनोट गरी नि: शुल्क शल्यक्रियाको लागि पहल गर्दै आएको छ।
तपाइँको प्रतिक्रिया ।