शंखरापुर नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवन जिसस प्रमुख शिव सुन्दर राज बैध सहितको टोली द्वारा अनुगमन

शंखरापुर नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवन जिसस प्रमुख शिव सुन्दर राज बैध सहितको टोली द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौं, श्रावण २७ । शंखरापुर नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको  मंगलबार अनुगमन गरिएको छ। शंखरापुर नगरपालिका वडा नं ६ नारायणचोक (पुखुलाक्षीमा) करिब  १२ करोड ४९ लाख ५ हजार ६ सय ७५  रुपैया ८९ पैसाको कुल लागतमा बन्न लागेको साँढे तिन तलाको सुबिधा सम्पन्न भवनको   जिल्ला समन्व समिति काठमाडौका प्रमुख शिव सुन्दर राज बैध सहितको टोलि द्वारा अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्व समिति काठमाडौका प्रमुख शिव सुन्दर राज बैध, उप प्रमुख सरिता दहाल तथा जिल्ला समन्वय अधिकारी पिताम्वर अधिकारी,  शंखरापुर नगरपालिका प्रमुख सुवर्ण  श्रेष्ठ    नगरपालिकाका प्राबिधिक  लगायत कर्मचारीहरुको  उपस्थिति रहेको थियो।

अनुगमन पश्चात हाल सम्म भएका कामहरु सन्तोषजनक ढंगले अगाडी बढेको र निर्माण कार्य  तोकिएको समय भन्दा अघिनै सम्पन्न हुनेगरि काम अघि बढेको  नगर प्रमुख सुवर्ण श्रेष्ठले  जानकारी जानकारी गराएका थिए।करिब ४ रोपनी क्षेत्रफलमा साँढे तीन तलाको पार्किंग सहितको नेवारी कलात्मक सम्पदा युक्त  सुबिधा सम्पन्न भवन निर्माण पश्चात सेवा ग्राहीलाइ सेवा प्रदान गर्न थप सहज हुने  नगर प्रमुख श्रेष्ठको बिश्वास  रहेको छ ।उनले भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउदै सोहि अनुरुप समय समयमा अनुगमन गरिदै आएको जानकारी गराएका थिए भने  स्थानीयलाइ पनि भवन निर्माण कार्यको अनुगमन र खबरदारी गर्न अनुरोध गरेका छन  ।

कुल१२ करोड ४९ लाख ५ हजार ६ सय ७५  ८९ पैसाको लागतमा बन्न लागेको सो भवन निर्माणमा जिल्ला समन्वय समिति काठमाडौंको ७ करोड ४९ लाख ४६ हजार ४ सय ४ रुपैया सहयोग  रहेको छ भने बाँकी शंखरापुर  नगरपालिकाले  ४ करोड ९९ सय ६२, हजार २ सय ७०, ९८ पैसा बेहोर्ने गरि  आरोग्य सुवेदी जेभी भजी मण्डल ललितपुर संग सम्झौता भएको  छ।

तपाइँको प्रतिक्रिया ।