राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा वृक्षारोपण

राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा वृक्षारोपण

कपन अनलाइन

काठमाडौं श्रावण २६।  वन तथा भु-संरक्षण विभाग बबरमहल डिभिजन वन कार्यालयद्वारा सामुदायिक वन दिवस तथा भु-संरक्षण दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण समारोह २०७८ सम्पन्न गरेको छ।“प्रकृतिको भरपोषण प्रभावकारी भु – संरक्षण “को नाराका साथ भु-संरक्षण दिवस साथै “सामुदायिक वनको सम्पति:समृद्धि,प्रकृति र संस्कृति” नाराका सामुदायिक वन दिवस दुई वटै कार्यक्रम समायोजन गरेर सौन्दर्य प्रजातिक  फलफूलका  बिरुवाहरु रोपिएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमावन तथा भु-संरक्षण मन्त्रालयका सचिव डा.पेम नारायण कडेल रहेका थिए भने बिशेष अतिथिको रुपमा  राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पोखरेल, वन तथा भु-संरक्षण विभागका महानिर्देशक देवशमणी त्रीपाटी, डिभिजन वन कार्यालय प्रमुख बद्री कुमार कार्की, बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डीराज न्यौपाने, जिल्ला समन्वय समिति काठमाडौं कि सदस्य सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, फेकोपन महासचिब बृख बहादुर शाहि ,सचिब ठाकुर भण्डारी, राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, सामुदायिक वन अध्ययन केन्द्रका प्रमुख विष्णु ज्ञवाली  लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।