मन्त्री रामेश्वर फुयाल सहितको टोलि द्वारा कागको प्रतिमा जडान कार्यको निरीक्षण
कपन अनलाइन
काठमाडौँ, श्रावण २६ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलमा रहेको लोकतान्त्रिक शहिद उद्यानमा विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अस्टधातुको कागको प्रतिमा जडान कार्यको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल सहितको टोलि द्वारा अनुगमन गरेको छ। सोमबारमन्त्रि फुयाल सहित उपत्यका पर्यटन कार्यालय प्रमुख टंक प्रसाद भट्टराई, शहरी बिकास भबन निर्माण कार्यालय प्रमुख इ जनक लाल महर्जन पशुपति बिकास कोषका आर्किटेक्चर पुरुषोत्तम खतिवडा परामर्शदाता सिभिल इन्जिनियर पदम ओली कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा सदस्य दलबहादुर तामाङ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
अवलोकन पश्चात लोकतान्त्रिक शहीद उद्यान गागल काग निर्माण समिति द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले आगामी काग तिहारको दिन उद्घाटन गर्ने तयारी अनुरुप कार्य अघि बढेकोमा खुसि ब्यक्त गरेका थिए।कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउदै मन्त्रि फुयालले अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको काग को मुर्ति रहेको र कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विस्वकैठुलो हुने भएकोले सबैको ध्यान खिच्न सक्ने गरी प्रवर्धन गर्नका लागि अपिल समेत गरेका छन। उनले गागलको चिहान डांडालाइ उद्यानको रुपमा परिणत गर्न सफल भएको पनि बताए । मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १९३२ केजीको काग निर्माण गरिएको हो।यसमा करिव १ हजार केजी धातु खरिद गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल गागलको उक्त स्थानको प्रवर्द्धनमा कागको प्रतिमाले ठुलो भूमिका खेल्ने बताएका थिए। उनले काग हेर्नको लागि भनेर धेरै मानिस आउने भएको हुँदा सोहि अनुसार पूर्वाधार निर्माणमा जोड दिएका थिए। उनले पर्यटकीय गतिबिधि बढ्दा स्थानीयको आय स्तरमा समेत बृद्दि हुने बताउदै गागललाइ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता कृष्ण अर्याल, उपत्यका पर्यटन कार्यालय प्रमुख टंक प्रसाद भट्टराई,शहरी बिकास भबन निर्माण कार्यालय प्रमुख इ जनक लाल महर्जन पशुपति बिकास कोष का आर्किटेक्चर पुरुषोत्तम खतिवडा परामर्शदाता सिभिल इन्जिनियर पदम ओली लगायतले मन्तब्य सहित सुझाब दिएका थिए । उक्त कार्यक्रम संचालन लोकतान्त्रिक शहीद उद्यान गागल काग निर्माण समितिका कार्यबाहक अध्यक्ष पुष्कर प्याकुरेलले गरेका थिए।