शंखरापुर नगरपालिकाको इन्द्रायणी नगर अस्पतालमा आज एन्टीजेन परिक्षण हुने

शंखरापुर नगरपालिकाको  इन्द्रायणी नगर अस्पतालमा आज एन्टीजेन परिक्षण हुने

कपन अनलाइन

काठमाडौँ, श्रावण २५ । शंखरापुर नगरपालिका वडा नं ९ इन्द्रायणीमा रहेको इन्द्रायणी नगर अस्पतालले एन्टीजेन परिक्षण सम्बन्धि सार्वजनीक सुचना जारी गरेको छ। अस्पताल प्रशासन ले जारि गरेको उक्त सूचनामा नगर अस्पतालले कोभिड १९ का लागि एन्टीजेन परिक्षण गर्दै आएको  उल्लेख गरिएको छ। सोहि एन्टीजेन परिक्षण आज २०७८ साल श्रावण  २५ गते बिहान ११ बजे देखि दिउसो १ बजे सम्म मात्र  हुने जानकारी गराइएको छ।  साथै आपतकालीन अवस्थामा भने जुन सुकै बेलामा पनि एन्टीजेन परिक्षण गरिने जानकारी  गराइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।