बुढानिलकण्ठका जनप्रतिनिधिहरुको जनप्रिय पहल : खेर गएको सार्वजनिक जग्गामा फलफुल बगैचा

बुढानिलकण्ठका जनप्रतिनिधिहरुको जनप्रिय पहल : खेर गएको सार्वजनिक जग्गामा फलफुल बगैचा

कपन अनलाइन

काठमाण्डौ ,साउन २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ओखल गाउमा रहेको भिरालो र प्रयोग बिहिन बनेको सार्वजनिक जग्गा संरक्षण गरेर “फलफुल बगैचा” निर्माण गरिएको छ।

सार्वजनिक जग्गा संरक्षण र उपयोगलाई प्राथमिकतामा राखेको वडा नं ६ को करिव १५ रोपनी जग्गामा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु रोपिएका छन। नगरपालिकाको प्रत्यक्ष रेखदेख र संरक्षणमा रहने सो बगैचालाई नमुनाका रुपमा विकास गर्ने वडाको योजनामा बागमती प्रदेस सरकारले बजेट बिनियोजन गरेको हो।

सो बगैचा निर्माण र फलफुल खेतीका लागि  वडा नं ६ ले बनाएको योजना र प्रस्तावमा बागमती प्रदेस सभाका सदस्य दीपक निरौला र नगर प्रमुख उद्दव खरेलले दरिलो साथ् दिएका थिए।

अलिकति खालि जमिन देख्योकी भवन र संरचना बनाइहाल्ने प्रवृतिलाई तोड्दै त्यस्ता जमिनको प्रभावकारी उपयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको वडा नं ६ का अध्यक्ष नबिन केसीले सो स्थानमा अझै विरुवा थप्ने योजना रहेको बताएका छन।

यो योजना सफल भए नगरपालिकाका अन्य सार्वजनिक स्थानको उपयोगमा पनि सहयोग पुग्ने भन्दै अध्यक्ष केसीले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।