अब हुने आन्दोलनमा जिल्लाजिल्ला कब्जा हुनेछः प्रचण्ड

काठमाडौ, १६ फागुन । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेस र एमाले अझै पनि नसच्चिए अबको आन्दोलनमा जिल्ला जिल्ला कब्जा हुने बताउनु भएको छ ।

राजधानीको खुल्ला मञ्चमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो आन्दोलनबाट सत्तारुढ दलहरु नसच्चिए अब हुने आन्दोलनमा जिल्ला जिल्ला कब्जा हुने बताउनु भएको हो । विगतको सहमति र सम्भmैताको आधारमा संविधान बनाउन खोज्दा काँग्रेस र एमालेले तोडेकाले अझै पनि समय छँदै बहुमतीय प्रक्रिया खारेज गनुर््पर्ने बताउनुभयो । यदि आफ्नो गल्ती सच्याउन तयार नभए प्रक्रियाको कथित नौटंकी नसच्याए परिणाम भोग्न तयार हुन चेतावनी भयो । उहाँले बल काँग्रेस एमालेको कोटमा रहेको भन्दै वार्ता, सहमति चाहने वा नचाहने उनीहरुकै हातमा रहेको बताउनुभयो । उहाँले माओवादीलाई पेलेरै देखाउन चाहे भोलि कस्ले के देख्नेछ समयले नै बताउनुभयो ।

fagun-162 (1)
संविधानसभा मंसिर ४ गतेको चुनावबाट नआएको भन्दै यो देशका उत्पीडित जनताको बलिदानबाट आएको बताउनु भएको छ।
काँग्रेस एमालेमा मंसिर ४ गतेबाट चुनावबाट संविधानसभा आएको भ्रम रहेको भन्दै यो उनीहरुको बेइमानी भएको बताउनुभयो । काँग्रेस एमालेले रोक्न खोज्दाखोज्दै जनताको बलिदानबाट आएको भन्दै यो उनीहरुको पेवा नभएको बतानुभयो । उहाँदले संविधानसभा संसदजस्तो नभएको भन्दै यो क्रान्तिको उपज भएकाले यसलाई रोक्न खोजे विष्फोट हुने बताउनुभयो । संविधानसभा उत्पीडित जनताको बलिदानको उपज भएको भन्दै योसँग खेल्ने आगोसँग खेल्नु सरह हुने बताउनुभयो ।

उहाँले काँग्रेस एमालेले संविधानसभालाई संसदका रुपमा परिणत गरेर दुई तिहाईको गणितीय खेल सुरु गरेको बताउनुभयो । आजको सभा सामान्य जनसभा नभएर खबरदारीसभा भएको भन्दै जनताको माग उपेक्षा गरिए अब खबरदारी सभा नहुने बरु त्यो विद्रोहसभा हुने बताउनुभयो । उहाँले खबरदारीसभालाई कम आँकेको भन्दै भोलि जिल्लै कब्जा गर्न लागे त्यस्ताहरुले थाहा पाउने बताउनुभयो ।
अहिले आएको परिवर्तन काँग्रेस एमालेले ल्याएको नभएर जनताको छाप्राबाट आएको परिवर्तन भएको बताउनुभयो । उहाँले परिवर्तन रोक्न खोजिए त्यसको परिणम अर्को क्रान्ति हुने बताउनुभयो । उहाँले परिवर्तन रोक्न खोजिए आगामी दिनमा नेपाल बर्वाद नहुने भन्दै नेपाल जनताको हातमा हुने बताउनुभयो ।

comrade-chabi-700px-----13
उहाँले काँग्रेस र एमाले दुई वटा पार्टी भन्ने भ्रम हटाउन आग्रह गर्दै पार्टी हुन विचार हुने बताउनुभयो । उहाँले एमाले भन्ने पार्टी अब काँग्रेसमै विलय भए हुने भन्दै एमालेभित्र भएका प्रगतिशील र बामपन्थीहरु भए एकपटक सोच्नुपर्ने बताउनुभयो ।

एमालेले घोषणापत्रमा कार्यकारी प्रधानमन्त्री र बहुपहिचानका लागि भोट मागेको भन्दै अहिले काँग्रेसकै विचारमा आत्मसर्मपण गरिसकेकाले अब एमाले भन्ने पार्टीको कामै नरहेको बताउनुभयो ।

संविधानसभाबाट संविधान बनाउने कुरामा शान्ति सम्झौता, बृहत शान्ति सम्झौता र अन्य आदिवासी जनजाति, मधेसी, दलितलगायतसँग भएका सहमति र सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले विगतमा भएका सहमति र सम्झौता तोड्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।
गिरिजाप्रसाद कोइरालाको अवसानसँगै शान्ति सम्झौता र अन्तरिम संविधान बिर्सने प्रयास गरिएको बताउनुभयो ।
उहाँले मधेसी, आदिवासी जनजाति, दलितको अधिकार माग्दा एमाले नेताहरुले उनीहरुलाई दुश्मन ठान्ने गरेको बताउनुभयो । उहाँले एमाले नेताहरुले अधिकार माग गर्दा विदेशीले केही मागेजस्तो गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डलाई जनतालाई अधिकार दिए मात्र राष्ट्रियता बलियो हुने भन्दै एमाले नेताहरुले अहिले पहाडी र मधेसीलाई अलग गर्न खोजेर राष्ट्रियता कमजोर बनाउन लागेको बताउनुभयो । काँग्रेस एमालेको दिमागमा एकल जातीय राज्य रहेको भन्दै उहाँले आफूहरुको दिमागमा त्यस्तो नरहेको बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले फागुन १६ गतेको कार्यक्रम स्थगित गर्न दबाव दिएको भन्दै उहाँले सभाले उनीहरुलाई खबरदारी गरेको बताउनुभयो ।
उहाँले काँग्रेस एमालेको आँखामा दुई तिहाई बहुमतको पट्टी बाँधिएको भन्दै परिवर्तन चाहने शक्तिहरुले परिवर्तनका लागि ठुलो संघर्ष गरेको बताउनुभयो । २००७ सालमा संविधानसभाको मुद्दा उठे पनि त्यसले मुर्त रुप प्रचण्डले सुरु गरेको आन्दोलनबाटै सफल भएको भन्दै उहाँले संविधानसभाका लागि १७ हजार बढीले रगत बगाएको बताउनुभयो । उहाँले परिवर्तन, संघीयता, धर्मनिरपेक्षता र न्यायका लागि जनताले ठुलो मूल्य चुकाएको बताउनुभयो ।
उहाँले जनयुद्धकै बलमा संविधानसभा गठन भए पनि अघिल्लो संविधानसभाले संविधान दिन नसकेकोमा दुःख लागेको भन्दै उहाँले दुई तिहाई बहुमतको ताकत आफूहरुसँग भए पनि संविधान आउन नसकेको बताउनुभयो ।

बहुमतबाट संविधान बनाउने प्रयास गरिए मुलुकमा मेठभेड हुने भन्दै सहमतिमै संविधान बन्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेस एमाले दुई तिहाई बहुमतको बलमा संविधान बनाउने तयारीमा रहेकाले समस्या उत्पन्न भएको बताउनुभयो । काँग्रेस एमालेले सहमतिको बाटो तोडेको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा जान परेको बताउनुभयो ।

उहाँले परिवर्तनकारी शक्तिलाई उपेक्षा गरेर संविधान बनाउने दुस्साहस नगर्ने चेतावनीसमेत दिनुभयो ।

सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरैपटक संविधान बनेको भन्दै काँग्रेस एमालेको नेतृत्वमा बनेको कुनै पनि संविधानले नेपालको समस्या समाधान गर्न नसकेको बताउनुभयो ।

उहाँले यसअघि बनेका कुनै पनि संविधानले आदिवासी जनजाति, मधेसी, दलितको पहिचान कायम गर्न नसकेको भन्दै त्यो सबै फ्याँकिएकाले अब त्यस्तो संविधान बन्न नसक्ने बताउनुभयो ।

उहाँले अब बन्ने संविधानले अधिकार, पहिचान र स्वायत्ततामा सबैको पहुँच पुग्नुपर्ने भन्दै त्यसो हुन नसके संविधान देशले नमान्ने बताउनुभयो । उहाँले नयां संविधान स्वायत्त प्रदेश र प्रादेशिक स्वायत्तता भएको हुनुपर्ने बताउनुभयो । उहाँले काँग्रेस एमालेले २०४७ सालको संविधानमा केही तलमाथि गरेर ल्याउने प्रयास गरिए स्वीकार नगरिने बताउनुभयो ।

उहाँले २०२७ सालको संविधानलाई विश्वकै उत्कृष्ट भने पनि टिक्न नसुकेको भन्दै अब बन्ने संविधान त्यस्तो हुन नसक्ने बताउनुभयो । काँग्रेस एमालेले बन्दुक देखाएर संविधान बनाए भने त्यो पनि २०४७ सालकै हालतमा पुग्ने बताउनुभयो ।
वार्ताबाट पहिचानसहितको संविधान बन्छ भने मात्र वार्ता आवश्यक रहेको भन्दै त्यस्तो संविधान बन्न सक्दैन भने वार्ता आवश्यक नरहेको बताउनुभयो ।
अब वार्ता गर्ने हो भने विगतमा भएका सबै सहमति र समझदारी कार्यान्वयन गर्नुपर्ने भन्दै अन्यथा आन्दोलनबाट संविधान जारी गरिने बताउनुभयो । उहाँले अधिकारसहितको संविधान निर्माणका लागि विद्रोह भएरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो–अब विद्रोह हुन्छ, हुन्छ हुन्छ ।
सभालाई सम्बोधन गर्दै एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले मेचीदेखि महाकालीसम्म बासोबास गर्ने विविध जाति, भाषा र धर्मका समुदायको नेपालको सबैलाई आआफ्नो पहिचान दिन खबरदारी गरिएको बताउनुभयो । उहाँले इन्द्रधनुषजस्तो नेपाली समाजको सुन्दरता देख्न नसक्नेहरुको आँखाको अपरेशन गर्नुपर्ने बताउनुभयो ।

उहाँले हात्ती दुब्लाए पनि मुसा नहुने भन्दै पहिचानपक्षधरहरुलाई कम नआँक्न चेतावनीसमेत दिनुभयो ।

विगतमा संविधानसभा माग गर्दा टाउकाको मुल्य तोक्नेहरुले नै अहिले संविधानसभा अपहरण गरेको भन्दै उहाँले यो संविधानसभाबाट संविधान लेख्न नसकिए अर्को पचास वर्ष लड्न्पर्ने बताउनुभयो ।

उहाँले जनताले रगतसँग साटेर ल्याएको संविधानसभालाई काँग्रेस एमालेले अपहरण गरे पनि पुनः जनताको हातमा ल्याएरै छाड्ने बताउनुभयो ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले काँग्रेस र एमालेले संविधानसभालाई प्रतिगमनको माध्यम बनाउन खोजेर उल्तो मति र उल्टो गति बनाएको बताए ।
उहाँले अहिले सरकारमा रहेकाहरुको बुद्धि उल्टो भएकाले समस्या आएको बताउनुभयो । विगतमा भएका सहमति र सम्झौता पालना नगरेर उनीहरुले संविधानसभालाई ब्यारेकमा परिणत गरेको बताए ।
उहाँले सत्तापक्षले विगतमा सहमति पालना नगर्दा पहिचानसहितको संघीयताका लागि आन्दोलनमा उनत्रु परेको बताउनुभयो । उहाँले पहिचानसहितको संघीयताले विखण्डन हुने केही नेताको सोच रहेको भन्दै अध्यक्ष राईले नेपाली राष्ट्रियतालाई बलियो बनाउन दश प्रदेशको संघीयतामा जानुपर्ने बतानुभयो ।
सदभावना अध्यक्ष राजेन्द्र महतोले सभालाई सम्बोधन गर्दै नेपाली जनतालाई एक थान संविधान चाहियो भनेर काँग्रेस एमालेले झुटको खेती गरेको बताउनुभयो । सहिदहरुले अधिकारविहीन एक थान संविधानका लागि प्राण आहुती नदिएको भन्दै अध्यक्ष महतोले परिवर्तनबिनाको एक थान संविधान नचाहिएको बताउनुभयो ।

उहाँले जनतालाई अधिकार, पहिचान र संघीयतासहितको संविधान चाहिएको बताउनुभयो । उहाँले विगतमा भएका सम्झौताहरु कहाँ गयो भन्ने प्रश्न गर्दै उक्त कार्यक्रम कार्यान्वयन र पालना गर्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेस एमालेलाई ‘बेइमान’को संज्ञासमेत दिनुभयो ।
विगतमा गरिएका सम्झौताहरुलाई सम्बोधन गरेर संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरु परिवर्तनसहितको संविधानका लागि लडेको बताउनुभयो । उहाँले काँग्रेस एमालेले मधेसी र पहाडीका नाममा नेपालीबीच फाटो ल्याउन खोजेको बताउनुभयो ।
उहाँले एक थान संविधानले नपुग्ने भन्दै दुई तिहाईको बलमा बन्ने संविधान जनताले नमान्ने बताउनुभयो ।
शरतसिंह भण्डारीलाई सभालाई सम्बोधन गर्दै विभेदले विखण्डन निम्ताउने बताए। चेक दिएर रकम निस्केन भने ठगी हुने भन्दै भण्डारीले काँग्रेस एमालेले ठगी गरिरहेको बताए । विगतमा १२ बुँदे, विस्तृत शान्ति सम्झौता र मधेसवादी दलसँग भएको सम्झौता पालना नगरेर काँग्रेस एमालेले गठी गरेको बताए ।

भण्डारीले सबै भाषा, सबैको भेष र समृद्ध देश हुने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापामगरले विगतमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा पनि काँग्रेस एमालेकै सरकार  थियो भन्दै अहिले पनि जनताको अधिकार स्थापित गराउन नदिने उनीहरु नै सरकार रहेको बताए । सभालाई सम्बोधन गर्दै । नयाँ संविधानमा जनताको अधिकार सम्बोधन नभए तेस्रो जन आन्दोलन हुने चेतावनी दिँदै त्यसले काँग्रेस एमालेलाई कहाँ पुराउछ त्यो उनीहरुले नै सोचे हुने बताए ।

तपाइँको प्रतिक्रिया ।