तीस दलीय मोर्चाको आजको आमसभाका झाँकी र आकर्षण

काठमाडौँ, १६ फागुन । एनेकपा—माओवादी सहितको तीस दलीय मोर्चाले आज राजधानीमा आयोजना गरेको बृहत आमसभा अपरान्ह २ः२० मा औपचारिकरुपमा सुरु भएर ५ः४५ मा समाप्त भएको थियो ।
नेपालको राष्ट्रिय गानबाट औपचारिक प्रारम्भ गरिएको बृहत आमसभामा तीस दलीय मोर्चाका विभिन्न झाँकीहरु प्रस्तुत थिए ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा बृहत आमसभाकासमेत अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल (प्रचण्ड) लाई बृहत आमसभातर्फ लैजान पार्टीका कार्यकर्ता तथा सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो ।

fagun-162 (1)
राजधानीको खुलामञ्चमा सुरुभएको आमसभामा अधिकांश सहभागी ग्रामीण अनुहारका देखिन्थे । टुँडिखेल मैदान भने हिलाम्य थियो । तीस दलीय मोर्चाका कार्यकर्ता हिलाम्य टुँडिखेलमा आफ्ना नेताले के भन्छन भन्ने सुन्न लालायित देखिन्थे ।

तीस दलीय मोर्चाका स्वयमसेवकहरु कार्यक्रमलाई मर्यादित र सभ्य बनाउन दिलोज्यानपूर्वक सहयोग गरिरहेका थिए ।
आदिवासी जनजातिका अगुवा पासाङ शेर्पाले उद्घोषणका प्रारम्भमा नै फोटो पत्रकारलाई मञ्च अगाडिबाटै तस्विर खिच्न र मोर्चाका कार्यकर्तालाई आ–आफ्नो पार्टीको झन्डा फहराइदिन आग्रह गरेका थिए ।
fagun16
मैदानको अग्रभागमा पत्रकार र पत्रकारका पछाडि तीस दलका कार्यकर्ता, त्यसपछि हजारांँैको सङ्ख्यामा जनसमूह टुँडिखेलमा उपस्थित थिए । टुँडिखेल हिलाम्य भएकाले सर्वसाधारण बागबजार अगाडि रहेको आकासे पुल, रत्नपार्क र नजिकै रहेको बसपार्क सम्म छरिएर रहेका थिए ।
आयोजित कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न पहिचान झल्कने झाँकी तथा विभिन्न बोलमा नृत्यहरु प्रदर्शनसमेत गरिएको थियो ।

दलका अग्रज नेताहरुका अगाडि लाखे, छ्याटु, होली, सोरङ्गे, साकेलालगायतका नृत्य तथा झाँकीहरुको प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

Jhadap-7
लाखे(नेवारी), छ्याटु,(गुरुङ), होली (मधेसी), सोरङ्गे (मगर) र साकेला (किराँत) जातिका विभिन्न कार्यक्रममा देखाइने नृत्यहरु हुन् ।
“यथास्थिति र प्रतिगमनकाविरुद्ध सङ्घर्ष गरौँ, उत्पिडित र राष्ट्रियताहरुको पहिचान र अधिकारसहितको सङघीय गणतन्त्रात्मक संविधान निर्माण गरौं” भन्ने नाराका साथ आजको बृहत आमसभामा अधिकांश वक्ताहरुले सहमतिमा संविधान जारी गर्नुपर्ने बताएका थिए ।

Jhadap-3

नेपालमा १२५ जातजाति र १२३ भाषा बोल्ने नेपालीहरु र राष्ट्रिय जनगणना २०६८ अनुसार ४ प्रतिशत अर्थात ६० लाख दलितमात्रको बसोबास छ ।
टुँडिखेल मैदानमा योङ कम्युनिष्ट लिग (वाइसिएल) लेखिएका राता टोपी र लाठी बोकेका युवा दस्ताको उपस्थिति थियो । सहमतिमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले सो बृहत आमसभा सुरु गरिएको हो ।

1425116369230_RS-KTM-Jhadap

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्व गर्नुभएको जुलुस र सुरक्षाकर्मीबीच नयाँ बानेश्वरमा भएको झडपमा परी घाइते भएका पाँच कार्यकर्ता मञ्चमा प्रवेश गरी पत्रकारलाई फोटो खिचाउन लागि परेका थिए ।

B-7yieoUwAEhpgm
सभास्थलमा एमाओवादीका नेता गिरिराजमणि पोखरेलले लेख्नुभएको ‘पहिचानमा आधारित सङ्घीयता किन’ नामक पुस्तक एमाओवादीका अध्यक्ष प्रचण्डले विमोचन गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।