बुढानिलकण्ठ नगरपालिकामा शनिवार ५ हजार २ सय ८८ जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्रा लगाए

बुढानिलकण्ठ नगरपालिकामा शनिवार ५ हजार २ सय ८८ जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्रा लगाए

कपन अनलाइन

काठमाडौँ, श्रावण २४ । बुढानिलकण्ठ नगरपालिकामा शनिवार श्रावण २३ गते ५ हजार २ सय  ८८ जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएका छन । नगरपलिकाले खोप लगाउन सहज होस् भनेर ४ वटा खोप केन्द्र संचालनमा  ल्याएको छ । श्रावण २४ गते सम्म चल्ने उक्त खोप कार्यक्रममा शनिबार २२ सय ६४ जना पुरुष र ३०२४ जना महिला गरि कुल ५ हजार २ सय ८८ जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएको  नगरपालिका स्वास्थ्य शाखाले कपन अनलाइनलाइ जानकारी गराएको छ । खोप कार्यक्रम श्रावण २४ गते सम्म चल्ने नगरपालिकाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।