काठमाण्डौ जिल्लाका आठ नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा

काठमाण्डौ जिल्लाका आठ नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

काठमाण्डौ जिल्लाका पाँच नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा गरिएको छ। साउन १६ गते भएको  नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार नगर कमिटी घोषणा गरिएको हो।

संगठन विस्तारलाई तीव्रता दिदै काठमाण्डौ जिल्लाका तारकेश्वर ,चन्द्रागिरी,दक्षिणकाली ,गोकर्णेश्वर,कागेश्वरी मनोहरा र किर्तिपुर नगर कमिटी घोषणा गरिएको हो। त्यस्तै यस अघि बुढानिलकण्ठ र शंखरापुर नागर कमिटी घोषणा भैसकेका छन भने नागार्जुन नगरपालिका र काठमाण्डौ महानगरपालिका कमिटी घोषणा हुन् बाकि रहेका छन।

संगठित सदस्यता नविकरण ,विस्तार सहित संगठन सुद्दिकरण र सुदृढीकरण अभियान संचालन गरिरहेको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले चाडै नै जिल्लाका १३८ वटै वडामा कमिटी गठन पुरा गर्ने जानकारी दिएको छ।

साउन २३ गते सनिवार र २४ गते आइतवार भएका नगर कमिटी घोषणा कार्यक्रममा केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ , बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि तथा केन्द्रीय सदस्य रामेश्वर फुयाल , केन्द्रीय सदस्य तथा काठमाण्डौ सह इन्चार्ज नारायण सिलवाल  केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा काठमाण्डौ जिल्ला सचिव दिपक निरौला सहितका केन्द्रीय नेताहरु प्रमुख अतिथि रहेर आयोजना भएका ति बैठकहरुमा आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी कामलाई व्यवस्थित गर्न खेल्नु पर्ने भूमिकाका वारेमा प्रशिक्षण पनि प्रदान गरिएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।