एसईई परीक्षाको नतिजा प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।