कागेश्वरी ७ मा  बम्बुको सामुदायिक भवन  शिलान्यास

कागेश्वरी  ७ मा  बम्बुको सामुदायिक भवन  शिलान्यास

कपन अनलाइन 

काठमाडौँ, श्रावण २३ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा  बम्बुको सामुदायिक भवन  शिलान्यास गरिएको छ। शुक्रबार एक  कार्यक्रमका बीच   कागेश्वरी मनोहरा नगरपालिका  प्रमुख कृष्णहरि थापाले उक्त भवनको  भुमिपुजन सहित  शिलान्यास गरेका हुन।  करिब ६२ लाख रुपैयाको लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा सृजना गौतम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले पाएको छ ।  २०७८ साल पौष १५ गते सम्म निर्माण सक्ने निर्माण कम्पनीको दाबि रहेको छ ।

सामाजिक कार्यको लागि बहुउपयोगी हुने  बिश्वासका साथ् उक्त भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण पश्चात   सो क्षेत्रमा   शुभकार्य , भेला गोष्ठी लगायतका कार्य गर्न स्थानियलाई सहज हुने बिश्वास गरिएको छ  ।कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित उक्त शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि थापाले  खुसि ब्यक्त गर्दै भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन अनुरोध गर्दै   निर्माण कार्यको स्थानीयले  आफ्नो सम्पत्ति ठानेर निरन्तर अनुगमन र खबरदारी गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७का वडा अध्यक्ष जीवन थापा   सहित जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।