पर्खिरहेछु त्यो दिन : पवन कुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

पर्खिरहेछु त्यो दिन
जुन दिन मेरो कुरा
मेरै लागि निरपेक्ष हुन्छ !
सरोकार राख्नेहरु मध्य
कोही दिक्क भैसकेका हुन्छन्
कोही जिन्दगी यस्तै रहेछ भनेर
अचेत शरीरलाई घेरेर बसेका हुन्छन् !
तिनीहरुमै
कोहि परदेशमा
त कोहि घरदेशमै होलान् !
सम्भव पनि छैन
सबैका लागि त्यो क्षण
हेर्न र जुर्न !
कोही स्वः स्फुर्त त्यहाँ पुग्छ्न्
कोही स्वार्थले त्यहाँ भेटिन्छ्न भने
बाध्यताले पनि धेरै हुतिन्छ्न् !
थाहा हुन्छ या हुँदैन
हर तरहले सबै छोडेर
आफैले पालेका पोसेका
हुर्काएका बढाएका समेतले
त्यो अमुक क्षणलाई
कसरी ब्यहोर्छन्
झन्झट, बोझ ठान्छ्न या…
कर्तब्य, जिम्मेवारी सम्झिन्छ्न्
अथवा
त्यहाँबाट पनि जसोतसो गरि उम्कन्छन !
या मेरै पनि
जीवनको सत्य
अन्तिम गन्तव्य
यो र यस्तै हो भनि
झस्किन्छन् !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।