टोखा नगरपालिकाको स्थगित खोप अभियान आज बाट पुन:सुचारु हुने
कपन अनलाइन
काठमाडौं, श्रावण १८ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले २०७८साल श्रावण १६ गते बिहान करिब ६:१५ बजे ग्रान्डी अस्पतालमा रहेको खोप केन्द्र कोभिड १९ बिरुद्दको खोप लगाउने कार्यका लागि टोखा नगरपालिका बाट खटिएका स्वास्थ्यकर्मी परिवार नियोजन सुपरभाइजर निरीक्षक बसन्त गैरे माथि स्थानीय बासिन्दाले गरेको दुर्व्यवहारको घटनाले अत्यन्तै दु:खी बनाएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।
उनले उक्त घटनामा संलग्नलाइ तत्काल महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ मह्नागरिय प्रहरी वृत, महाराजगंजमा बुझाइ १७ गते ३ बजे सम्म थुनामा राखिएको र निजले आफुलाई नियतबश नभई आवेशमा आइ उक्त घटना घटाएको भनि गल्ति स्वीकार गरि आगामी दिनमा यस्तो कार्य कदापी गर्ने छैन भनी पिडित,कर्मचारी नगरप्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सामु माफी मागेको र लिखित कागज समेत गरेकोले घटनाको बिषयबस्तु र गाम्भीर्यता हेरी निजलाई एक पटकको लागि माफी दिएको समेत जानकारी गराएका छन ।
त्यसैगरि बिगतका घटनाहरुबाट पाठ सिक्दै आगामी दिनहरुमा आफ्नो ज्यानको जोखिमको कुनै प्रवाह नगरी अहोरात्र कोभिड १९ को रोकथाम नियन्त्रण र व्यवस्थापन कार्यको अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत तथा पेशागत सुरक्षाको लागि नेपाल प्रहरी, स्थानीय प्रशासन समेतको सहकार्यमा सम्पूर्ण प्रबन्ध मिलाइने प्रतिबद्दता ब्यक्त गर्दै निर्धक्क भइ आत्मबल साथ राज्यले तोकेको जिम्मेवार पुरा गर्ने म सम्पूर्ण स्वस्थाय्कर्मीहरुलाई अनुरोध गरेका छन।
साथै उक्त घटनाका कारण स्थगित खोप कार्यक्रम २०७८ साल श्रावण १८ गते आज १० बजे देखि साबिककै खोप केन्द्रहरुमा पुन: सुचारु हुने नगरबासी तथा सरोकारवाला सबैलाई जानकारी गराएका छन ।वडाबासीहरुको सुझाब, सल्लाहलाइ ग्रहण गर्दै आगामी दिनमा नेपाल सरकारबाट अधिकतम खोप उपलब्ध भए पश्चात वडाबासीहरुको सुबिधाका लागि नगर क्षेत्रमा प्रत्येक वडाहरुमा खोप केन्द्र राखी खोप लगाउने व्यवस्था मिलाइने समेत जानकारी गराएका छन ।