सिद्देश्वर योग साधना केन्द्रको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,साउन १८।
सिद्देश्वर योग साधना केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० फ्रेन्ड शिप युवा क्लव प्रांगणमा भएको सो रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा आयोजक संस्थाका संरक्षक तथा पैरवी पुस्तक प्रकासन हाउसका प्रोप्राइटर चन्द्र प्रसाद सिवाकोटी ,अध्यक्ष गणेश प्रसाई ,राजन काफ्ले ,नवराज कोइराला लगायतले सहयोग गरेका थिए।
कोरोना महामारीको समयमा भैरहेको रगतको अभावलाई पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आयोजक संस्थाका अध्यक्ष श्याम पोखरेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
तपाइँको प्रतिक्रिया ।