धान दिवस : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

धान दिवस : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

गैरिखेत बारि बेची, बस्न थाले सहर
मानो रोपी मुरी सबले, फलाउने रहर
अर्गानिक खेती गरि खाने सधैँ चाह
पसलमा चामल किनी, खानेलाइ के थाह

रोपौं अब गमलामा धान
धान दिवस मनाउँ भात खान

श्रीमान विदेश श्रीमती कोठालिई बस्छिन्
प्रेमील त्यो छातीमा फोटो मात्र टाँस्छिन्
धनको पछि लाग्दा खेरि,प्रेम भयो टाढा
मायाँ फल्ने जिन्दगीमा,उम्रो सबै काँडा

आउ बरू खोरिया फाँडौंन
बरू एक छाक दुइ जना बाँडौन

सपना र कल्पनाले सबै विगार्दछ
बर्तमानको कर्मलेनै, बुझौं सपार्दछ
स्मार्ट कृर्षि खेति गर्ने मिलाउ चाँजो पाँजो
अन्न फल्ने खेत बारी नबनाउ बाँझो

फर्की आउ धनको मोह छाडेर
सँगै बसौं खोरिया फाँडेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।