गोकर्णेश्वर दुर्घटनाका मृतकको पहिचान खुल्यो
कपन अनलाइन
काठमाडौं श्रावण १५। गोकर्णेश्वरमा आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुने पैदल यात्रीको पहिचान खुलेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा आज बिहान महेन्द्राको निसान गाडीले ठक्कर दिंदा पैदल यात्री रामेछाप उमाकुण्ड गाउपलिका स्थायी घर भई हाल माकलवारी बस्ने वर्ष ३०का राजन खड्काको घटनास्थलमामै मृत्यु भएको थियो । उनलाई बा ४ ख १०२२ नम्बरको निसान गाडीले ठक्कर दिएको थियो । घटना पश्चात आक्रोशित स्थानीयले गाडीमा तोड फोड गरेका थिए। अहिले गाडी चालक र गाडीलाइ महानगरीय प्रहरी प्रभाग गोकर्णले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको प्रहरी जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।