आज देखि नागार्जुन नगरपालिकामा कोरोना विरुद्धको खोप लगाइने, कहाँ छन खोप केन्द्र

कपन अनलाइन

काठमाडौं श्रावण १४ । नागार्जुन नगरपालिकाले सुचना जारी गर्दै साउन १४ गते देखि ५० वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई  पहिलो मात्राको कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने जानकारी दिएको छ।नगरपालिकाले पांच खोप केन्द्रमा बिहान १० बजे देखि ४ वजे सम्म खोप लगाइने जानकारी दिएको छ ।

 खोप केन्द्रहरु

१) सभ्यता पाठशाला बुद्द चोक वडा नं १

२) सितापाइला माबी वडा नं ४

३) रत्न राज्य माबी रामकोट वडा नं ७

४) भिम ढुंगा स्वास्थ्य चौकी वडा नं ८

५) स्युचाटार स्वास्थ्य चौकी वडा नं १० मा २०७८ साल श्रावण १४ गते देखि २०७८ साल श्रावण १८ गते सम्म खोप लगाइने सुचनामा उल्लेख गरिएको छ ।

सूचना:

तपाइँको प्रतिक्रिया ।