गोकर्णेश्वरको जोरपाटी बाट शुभारम्भ भयो जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्ध खोप
कपन अनलाइन
काठमाडौं, श्रावण ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्ध खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन ।जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए ।
अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।उक्त खोप सोमबार बाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ । उक्त खोप शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा नगरपालिका प्रमुख सन्तोष चालिसे ,उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,नेपाली काङ्ग्रेस सूचना प्रचार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरी , लगायत नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गोकर्णेश्वर नगरपालिकामा श्रावण ४ गते सोमबार पुरुष ७२८ जना र महिला ६३७ जना गरि कुल १३६५ जनाले खोप लगाएका छन । नगरपालिकाको नेपाल अपाङ्ग संघ मा २७९ जनाले सो खोप लगाएका छन। चामुण्डा माध्यामिक बिद्यालय खोप केन्द्र बाट ६९७जना र सहयोगी माध्यामिक बिद्यालय खोप केन्द्र बाट ३८९ जनाले सो खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएका छन ।