नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं १ इकाई समितिको सभापतिमा शैलेन्द्र कुइकेलको दावी
कपन अनलाइन
काठमाडौं, श्रावण ५ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।
त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ इकाई समितिको सभापतिमा बर्तमान इकाई कोषाध्यक्ष शैलेन्द्र कुइकेलले दाबी गरेका छन । नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै कुइकेलले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सभापतिको दावि गर्ने बताएका छन् ।
पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आईरहेका कुइकेल वर्तमान नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य तथा मनोहरा जेसिसका कानुनी सल्लाहकारको भूमिका निभाउदै आएका छन । उनि सर्वोदय बहुउदेश्यीय सहकारी संस्थाको शिक्षा समितिका सदस्य तथा पूर्व साबिक गागलफेदी स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यसमेत हुन भने साबिक गागलफेदी गाबिसको खेलकुद समतिको निर्वाचित अध्यक्ष त्यसैगरि उनले सिद्दी गणेश माविका पुर्व व्यवस्थापन समितिमा रहेर काम गरेको अनुभब समेत रहेको छ ।
उनले आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने पनि बताएका छन । गत स्थानीय तहमा वडा नं १ को चुनावी नतिजालाई उल्टाउदै नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै कुइकेलले इकाईलाइ चलायमान बनाउन आफ्नो दावी रहेको धारणा राखेका छन।
भौतिक र सामाजिक सहित समग्र विकासका लागि विभिन्न संघ संस्था तथा अभियानहरुको अग्रमोर्चामा सक्रिय रहदै आएका कुइकेलले संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताएका छन । स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान हुने बताउने कुइकेलले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर एक ढिक्का हुदै पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन । महाधिवेशन नजिकिदै गर्दा शैलेन्द्र कुइकेलले सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको लागि काठमाण्डौ क्षेत्र नं ३ को कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ इकाई समितिको सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन ।